जनकपुरका निजी अस्पताल सञ्चालकहरू चिकित्सकको माग सम्बोधन गर्न तयार

जनकपुरका निजी अस्पताल सञ्चालकहरू चिकित्सकको माग सम्बोधन गर्न तयार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – जनकपुरधामका निजी अस्पतालहरूको संगठन एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालमा आवद्ध अस्पतालहरूले आफ्ना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको माग सम्बोधन गर्ने जानकारी गराएका छन् ।

बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै ती निजी अस्पतालका सञ्चालकहरूले न्यूनतम तलब पाउनुपर्ने भन्दै आन्दोलनमा रहेका आफ्ना अस्पतालका स्वास्थ्यकर्मीहरूको माग सरकारले तोकेको मापदण्ड अनुसार सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

उनीहरूले चिकित्सकलाई सम्बन्धित अस्पताल प्रशासनसँग आफ्नो कुरा राखेर छलफल गर्न आएमा आफूहरूले सकेसम्म तलब सुविधा उपलब्ध गराउने बताए ।

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०८२/०७/१६ को विज्ञप्तिको बुँदा ३ तथा ४ मा उल्लेख भए अनुसार प्रा.डा. श्रीकृष्ण श्रेष्ठको संयोजकतामा गठित समितिले १ महिनाभित्र अस्पतालहरूको वर्गीकरण गरी पारिश्रमिक सम्बन्धी कार्ययोजना तयार पार्ने भनेको छ ।

निर्णयप्रति जनकपुरधामका निजी अस्पतालका सञ्चालकहरूले पनि आफूले सञ्चालन गरेको अस्पताल वर्गीकरण भई सरकारले तोक्ने तलब सुविधा चिकित्सकहरूलाई उपलब्ध गराउने बताए । उनीहरूले  वर्गीकरण हुन १ महिनाको समय रहेकाले अहिलेका लागि आन्दोलनरत स्वास्थ्यकर्मीहरूलाई अस्पताल फर्किन आग्रह गरेका छन् ।