सशस्त्रका आईजीपी अर्याल ५ सदस्यीय टोलीसहित भारत जाँदै

सशस्त्रका आईजीपी अर्याल ५ सदस्यीय टोलीसहित भारत जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्याल ५ सदस्यीय प्रतिनिधिमण्डलसहित भारत भ्रमणमा जाने भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले आईजीपी अर्याल मंगलबार भारत भ्रमणमा जाने जानकारी दिए ।

हरेक वर्ष सशस्त्र प्रहरी प्रमुख भारत भ्रमणमा जाने अभ्यासकै निरन्तरता अनुसार उनी भारत जान लागेका हुन् । भ्रमण टोलीमा नेपाल प्रहरीका १ नायब महानिरीक्षक (डीआईजी), राष्ट्रिय अनुसन्धान विभागका डीआईजी रामप्रसाद दास, सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडामगर, परराष्ट्र र गृह मन्त्रालयका १–१ उपसचिव सहभागी हुने जनाइएको छ ।

नयाँदिल्लीमा हुने औपचारिक भेटघाटका क्रममा आगामी फागुन २१ गते तय भएको निर्वाचन, सीमा व्यवस्थापन र द्विपक्षीय सहयोगबारे छलफल हुनेछ । भारतसँगको सीमा सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरी बलसँग छ ।

उनी नेतृत्वको टोली भ्रमण सम्पन्न गरी कात्तिक २८ गते नेपाल फर्किने कार्यक्रम छ ।