काठमाण्डु – सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) मा एआईजी दानबहादुर कार्कीलाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रहरी संगठनको सर्वोच्च पदमा नियुक्त गरेको हो ।
कार्की हाल काठमाण्डु उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै कार्कीलाई आईजीपीमा नियुक्त गरिएको जानकारी दिए ।
वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ ३० वर्षे सेवा अवधिका कारण कात्तिक २६ गते राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाने भएकाले सरकारलाई नयाँ नेतृत्व चयन गर्नुपर्ने अवस्था आएको थियो ।
कार्कीले २४ भदौमा जेनजी आन्दोलनको क्रममा उपत्यकाको सुरक्षा कमाण्ड सम्हालेका थिए । त्यसअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत तथा साधन विभागका प्रमुख थिए । डीआईजीका रूपमा उनले लुम्बिनी प्रदेशमा जिम्मेवारी सम्हालेका थिए भने एसएसपी हुँदा काठमाडौं जिल्ला प्रहरी परिसरमा भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा संलग्न थिए ।




प्रतिक्रिया