काठमाण्डु – प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ ।
फागुन २१ गते प्रतिनिधि सभा र माघ ११ गतेहुने राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ ।
आयोगले दुवै प्रयोजनका लागि दल दर्ता गर्न शुक्रबार फरक फरक सूचना जारी गरी आह्वान गरेको हो ।
आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंपरि १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मंसिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न समय दिएको छ ।
आयोगले दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण, दलको नाम, आयोगमा दर्ता मिति लगायत आवश्यक कागजात समेत खुलाउन भनेको छ ।
फागुन २० गतेबाट राष्ट्रिय सभामा एक तिहाइ सदस्य रिक्त हुँदैछन् । सोही रिक्त हुने सदस्य परिपूर्तिका लागि माघ ११ गते निर्वाचन हुन लागेको हो ।
प्रतिनिधिसभा निर्वाचनका लागि २ वा २ भन्दा बढी दल एकै चुनाव चिह्न लिएर भाग लिन चाहेमा त्यससम्बन्धी जानकारी पनि सोही निवेदनको साथमा बुझाउन भनिएको छ ।






प्रतिक्रिया