चितवनविरुद्ध पहिले बलिङ गर्दै सुदूरपश्चिम

चितवनविरुद्ध पहिले बलिङ गर्दै सुदूरपश्चिम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) को आजको दोश्रो खेलमा चितवन राइनोजले पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर फिल्डिङ रोजेपछि चितवनले ब्याटिङ गर्ने भएको हो।

सुदूरपश्चिम आज जित निकाल्दै अंकतालिकामा आफ्नो अवस्था सुधार गर्ने योजनामा छ ।

टोलीले यसअघि खेलेका तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ । आजको खेल सुदूरपश्चिमका लागि चौथो खेल हो । हाल टोली सातौँ स्थानमा रहेको छ ।

यता, चितवन राइनोज दुई खेलबाट एक जित हासिल गर्दै अंकतालिकाको चौथो स्थानमा छ ।

आजको खेलमा चितवन नियमित कप्तान कुशल मल्लबिनै मैदानमा उत्रिएको छ । उनको अनुपस्थितिमा जिम्बाबेका अनुभवी अलराउन्डर सिकन्दर राजाले टोलीको नेतृत्व गर्नेछन् । जारी सिजनमा राजाको यो पहिलो खेलसमेत हो ।