कांग्रेस सभापति देउवा दम्पती आज स्वदेश फर्किँदै

कांग्रेस सभापति देउवा दम्पती आज स्वदेश फर्किँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार स्वदेश फर्किने भएका छन् ।

उपचारका लागि सिंगापुर गएका सभापति देउवा शुक्रबार बेलुकी नेपाल फर्किन लागेका हुन् । सभापति देउवा गत कात्तिक १० गते श्रीमती डा. आरजु राणासहित सिंगापुर गएका थिए ।

जेन–जी आन्दोलनको क्रममा आक्रमणमा परि घाइते भएका देउवा उपचारका लागि सिंगापुर गएका हुन् ।

जेन–जी आन्दोलनको क्रममा भदौ २४ गते देउवा दम्पतीमाथि आक्रमण भएको थियो । उपसभापति पूर्वबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर विदेशिएका देउवा फर्किएपछि कांग्रेसको महाधिवेशनको मिति टुङ्गो लाग्ने धेरैको आकलन रहेको छ ।

आक्रमण पछि देउवा दम्पती २८ असोजमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा सार्वजनिक भएका थिए ।

सोही बैठकलाई सम्बोधन गरेर सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका थिए ।