मंसिरको सट्टा पुसभित्रै महाधिवेशन गरौँ : डा. शेखर कोइराला

मंसिरको सट्टा पुसभित्रै महाधिवेशन गरौँ : डा. शेखर कोइराला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पुसभित्रै नियमित महाधिवेशन गर्नुपर्ने बताएका छन् ।

मंगलबार आफू निकटका युवा कार्यकर्ताहरूसँग डा. कोइरालाले ढिलोमा पनि पुसभित्रै नियमित महाधिवेशन गर्नुपर्ने बताएका हुन् ।

काठमाण्डुको विशालनगरस्थितआफ्नो सम्पर्क कार्यालयमा मंगलबार बिहान पुगेका युवा नेताहरूसँगको भेटमा संस्थापनइतर पक्षका नेता कोइरालाले यस्तो बताएका हुन्।

‘मैले पहिलेदेखि नै २०८२ मंसिरभित्रै महाधिवेशन हुनुपर्‍यो भन्दै आएको छु । अहिले नियमित अधिवेशन कसैले वैशाखमा भनिरहेका छन् । मेरो कुरा मंसिरको सट्टा पुसभित्रै महाधिवेशन गरौँ भन्ने छ,’ कोइरालाको भनाइ उद्धृत गर्दै भेटमा सहभागी नेता भुवन भट्टले बताए ।

भट्टले थपे ,‘ महाधिवेशनहुन सकेन भने सेन्ट्रल कमिटीले निर्णय गर्ने, बहुमतको आधारमा होइन । सेन्ट्रल कमिटीको सबै बडीले निर्णय गर्ने, विशेष अधिवेशनमा जाने । त्यसो भए पार्टीलाई एकतावद्ध बनाउन र फुटबाट पनि बचाउन सकिन्छ।’