काठमाण्डु– नेकपा एमालेका नेता महेश बस्नेत बारा जाने भएपछी सिमरा विमानस्थलमा लफडा भएको छ ।
मधेस प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन बुधबार बारा जान लागेका बस्नेतको विरोध गर्दै जेनजी युवाहरुले विमानस्थल ठप्प पारेका हुन् ।
बस्नेत को विरोध गर्न सिमरा विमानस्थलमा भेला भएका जेनजी र प्रहरीबिच झडप समेत भएको छ ।
जेनजी युवाहरूले विमानस्थल घेराउ गरेपछि प्रहरीले बल प्रयोग गर्दा दुई पक्षबिच झडप भएको हो । झडपपछि बेलुका ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ ।
कर्फ्यूसँगै जेन–जी प्रदर्शनकारीले सिमरा विमानस्थल छिर्ने बाटो अगाडि टायर बालेर प्रदर्शन जारी राखेका छन् । प्रहरीले प्रदर्शन नगर्न र सार्वजनिक सडक खाली पार्न प्रदर्शनकारीलाई चेतावनी दिएको छ । यद्यपि, सडकमा प्रदर्शन जारी छ । सिमराको स्थिति प्रहरीको नियन्त्रणमै रहने गरि सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
अहिले विमानस्थलको सुरक्षामा जनपथ र सशस्त्र प्रहरीको ठुलो समूह खटाइएको छ ।सिमरा विमानस्थलमा लफडा भएपछि सिमरा जाने जहाज काठमाण्डुमै रोकिएका छन् ।
गण्डक नहरदेखि पथलैया सडकखण्डः राजमार्गको दायाँ–बायाँ ५०० मिटर
सिमरा विमानस्थल परिसरः चारैतिर ५०० मिटर क्षेत्र
कर्फ्यू अवधिमा अत्यावश्यक सेवासँग सम्बन्धित सवारी–साधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक सवारी, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी र हवाई टिकट बोकेका यात्रुहरूको आवागमन सुरक्षाकर्मीले सहजीकरण गर्ने प्रशासनले जनाएको छ।





प्रतिक्रिया