काठमाण्डु – नेकपा एमालेका नेता महेश बस्नेतले मंसिर ६ गते एमालेले गर्ने प्रदर्शन सफल भएपछि प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिनुपर्ने उद्घोष गरेका छन् ।
पार्टी कार्यक्रममा जान खोज्दा सिमरा विमानस्थलमा अवरोध भएपछि काठमाण्डुमा आकस्मिक पत्रकार गर्दै नेता बस्नेतले उपत्यकास्तरको ठूलो सभा ११ गते भृकुटीमण्डपमा गर्ने बताए ।
उनले अध्यक्ष केपी ओलीको उपस्थितिमा युथ भोलेन्टियर्स फोर्स गठन हुने खुलासा गरे । उनले भने, ‘माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरिन्छ । कार्की बैंक्वैटमा अध्यक्षज्यूलाई बोलाएर युथ भोलेन्टियर्स घोषणा हुन्छ । ६ गतेको सभा व्यापक सफल भएपछि सुशील आमैले राजीनामा दिनुपर्छ भन्ने उनलाई थाहा छ ।’
उनले अवैधानिक सरकार जरैदेखि हल्लिसकेको बताए । उनले भने, ‘यो अवैधानिक संविधानले नचिन्ने सरकार हो । जेनजीको हजुरआमा सुशीला आमैले यो सरकार छोड्नुपर्छ भन्ने उनलाई थाहा छ । त्यसैले उनी यो कार्यक्रम नहोस् भन्ने चाहन्छिन् । बारामा हामीलाई रोकेर उनले एउटा धक्का दिएकी हुन् । तर हामी रोकिँदैनौं । सुशीला आमै र गृहमन्त्रीजीलाई भन्न चाहन्छु, एमाले र युवासंघ भनेको दुबोजस्तो हो । हामी २० वटा पालुवा हाल्नेवाला छौं । हामी काठमाण्डुमा अहिलेसम्म नभएको सभा गर्दैछौं ।’




प्रतिक्रिया