मधेशका सभामुख मण्डललाई पदमुक्त गर्ने अविश्वासको प्रस्ताव पारित

मधेशका सभामुख मण्डललाई पदमुक्त गर्ने अविश्वासको प्रस्ताव पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – मधेश प्रदेशसभा सभामुख रामचन्द्र मण्डललाई पदमुक्त गर्ने प्रस्ताव पारित भएको छ ।

प्रदेश सभामा ७४ सांसदले पेश गरेको अविश्वासको प्रस्ताव बुधबारको सभाबाट पारित भएको हो ।

मण्डल एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले मण्डलमाथि पद अनुकूलको आचारण नगरेको भन्ने प्रस्ताव पेश गरेका थिए ।

मधेश प्रदेशमा कुल १०७ सदस्यमध्ये ३ जना निलम्बित छन् । अविश्वासको प्रस्तावको पक्षमा ७६ मत परेको छ भने विपक्षमा ० मत पर्‍यो । दुईतिहाइ बहुमत सदस्यले प्रस्तावको पक्षमा मतदान गरेसँगै मण्डल पदमुक्त भएका उपसभामुख बबिता राउत ईशरले घोषणा गरेकी छन् ।