जेनजीको नाममा अहिले ठूलो घुसपैठ भइरहेको छ : महेश बस्नेत

जेनजीको नाममा अहिले ठूलो घुसपैठ भइरहेको छ : महेश बस्नेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजीको नाममा अहिले ठूलो घुसपैठ भइरहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबूकमार्फत केही उदाहरण प्रस्तुत गर्दै बस्नेतले यसबाट सचेत हुन सबैलाई आह्वान गरेका छन् ।

अहिले जेनजीको नाममा जसले जे गरे पनि हुने जस्तो भएको भन्दै बस्नेतले यसलाई नियन्त्रण गर्नुपर्ने धारणा राखेका छन् ।

उनले आईतबार विराटनगरमा आफू चढेको गाडीमा रंग छ्याप्नेदेखि एमाले नेता किसान श्रेष्ठको घरमा धम्क्याउन पुग्नेसम्म सबै जेनजीको नामा घुसपैठ भएको उल्लेख गरे । ‘विराटनगरमा ममाथि आक्रमण गर्ने नेपाल विद्यार्थी संघ महेन्द्र मोरङ क्याम्पसका इकाई सभापति सञ्जोग गौतम र सदस्य अर्पित कुँवर हुन् भनेर कांग्रेसकै साथीहरूले बताए, त्यस्तै आरआर कलेजमा कालो ज्याकेट देखाउने काभ्रेका नेकपा एसका बेथानचोक वडाका अध्यक्ष रहेछन्, बारा सिमरामा सरकारी कार्यालयदेखि निजी घरमा आगजनी गर्ने सम्राट उपाध्याय, पूर्वमन्त्री किसान श्रेष्ठको घरमा धक्का–मुक्का र लुटपाट गर्न पुगेका सुदन गुरुङ सहितको टोली माओवादी र टिबटियन ओर्जिनल ब्लडका व्यक्तिहरू हुन्,’ बस्नेतले लेखेका छन् ।

यी व्यक्तिहरू कुन जेनेरेसन–जेडमा पर्छन् भन्दै बस्नेतले प्रश्न गरेका छन् । ‘जेनेरेसन–जेडको नाममा व्यापक घुसपैठ भएको तथ्य स्पष्ट छ, सिङ्गो देश राजनैतिक दल र नागरिक सचेत हुन आवश्यक छ,’ उनले लेखेका छन् ।