काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः३० बजे सुरु भएको खेलमा काठमाडौं गोर्खाजका कप्तान करण केसीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन्। यससँगै कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कर्णाली याक्स लगातार तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ भने काठमाडौं गोर्खाज प्रतियोगितामा आफ्नो पहिलो जितको खोजीमा छ। सोमबार एनपीएलमा दुई खेल हुँदैछन्।
आजै साँझ ५ बजे चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। तीन खेलमा एक जित र दुई हार व्यहोरेको सुदूरपश्चिम जितको दबाबमा रहँदा चितवन दोस्रो जितको खोजीमा हुनेछ।


प्रतिक्रिया