काठमाण्डु – नेपाली कांंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले इलामको विपद्मा नभेटिएको सरकार भेटिने कहिले हो भन्दै प्रश्न गरेका छन् ।
सोमबार इलाम पुगेर उनले सरकार भनेको व्यक्ति नभई संस्था भएको भन्दै उनले इलामको प्रत्येक बाढीपहिरोबाट प्रभावित हुनेहरूलाई राहत, उद्धार र पुन:स्थापनाको कामको गति अविलम्ब बढाउन माग गरे ।
उनले भने, ‘सरकार भनेको व्यक्ति होइन, संस्था हो । त्यसैले प्रधानमन्त्रीले अविलम्ब पहल गरेर इलामको प्रत्येक बाढीपहिरोबाट प्रभावित हुनेहरूलाई राहत दिन उद्धार पुन:स्थापना कामको गति बढाउन आग्रह गर्न चाहन्छु । यसमा हामीले सबैले ऐक्यबद्धता जनाउँछौं तर केन्द्रीय सरकारको भूमिका खोज्न आवश्यक छ । इलाम आएर म केन्द्रीय सरकार खोज्न चाहिरहेको छु । इलामको विपद्मा नभेटिएको सरकार भेटिने कहिले हो ?’
सरकार चाहे जसको भए तापनि हरेक संकटमा सरकार छ भन्ने अनुभूति दिलाउन सक्नुपर्ने उनले धारणा राखेका छन् ।




प्रतिक्रिया