निर्वाचनका लागि ६४ दल दर्ता (नामसहित)

निर्वाचनका लागि ६४ दल दर्ता (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि सोमबारसम्म ६४ राजनीतिक दल दर्ता भएका छन् ।

निर्वाचनका लागि सोमबार ८ वटा दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । आइतबारसम्म ५६ राजनीतिक दल दर्ता भएकामा सोमबार ८ दल थपिएको हो ।

सोमबार नागरिक शक्ति नेपाल, नागरिक उन्मुक्ति पार्टी, मितेरी पार्टी नेपाल, प्रगतिशील समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), तराई–मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय समुन्नति पार्टी, जनादेश पार्टी, नेपाल दर्ता भएका छन् ।

दर्ताको निवेदन दिने अन्तिम दिन बुधबारसम्म रहेको छ । आयोगमा कूल १३५ राजनीतिक दल दर्ता भएकामा निर्वाचन प्रयोजनका लागि बुधबारसम्म पुनःआवेदन दिइसक्नुपर्ने छ।