महेश बस्नेतविरुछ सुर्खेतमा पनि प्रदर्शन

महेश बस्नेतविरुछ सुर्खेतमा पनि प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एमाले नेता महेश बस्नेतको विरोधमा सुर्खेत पनि जेन जी समूहले प्रदर्शन गरेका छन्। युवा जागरण कार्यक्रममा सुर्खेत आएका नेता बस्नेतविरुद्ध जेन जी समूहले विरोध गर्दै प्रदर्शन गरेका हुन्।

बस्नेत सुर्खेत आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरीले सडकहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ। घण्टाघर आसपासका सडकमा सर्वसाधारणहरूलाई हिँड्डुलमा रोक लगाइएको छ।

जेनजी समूहले वीरेन्द्रनगरको ठाउँठाउँमा अवरोध गर्ने प्रयास गरेपछि प्रहरीलाई बाक्लो रूपमा परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार बस्नेत अहिले जिल्ला समन्वय समितिको हलमा आयोजित कार्यक्रममा उनी सहभागी छन् । उनी आउने खबरपछि वीरेन्द्रनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यसअघि सुनसरी र विराटनगरमा विरोध गरिएको थियो ।