काठमाण्डु – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार दिउँसोसम्म ६८ वटा दलले दल दर्ता गराएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले हालसम्म ६८ वटा दलले आगामी प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि दल दर्ता गराएको बताए ।
दर्ता कायम भएका दलको संख्या १३२ रहेको उनले जानकारी दिए । निर्वाचनमा सबैको सहभागिता रहने पनि उनले विश्वास व्यक्त गरे ।
‘निर्वाचन एउटा राष्ट्रिय पर्व हो । यसमा सामान्य नागरिकहरूले ३ तरिकाले निर्वाचनमा सहभागिता जनाउनेछन् । यसमा सबैको सहभागिता हुने भएकाले दल दर्ताको प्रक्रिया चलिरहेको छ र सबै दलहरू दर्तामा आउनु हुनेछ । त्यसैले आयोगले स्वतन्त्र, निष्पक्ष र भयरहित रूपमा निर्वाचन गराउने प्रण गर्नेछ,’ प्रवक्ता भट्टराईले भने ।
विदेशमा बस्ने नेपाली नागरिकहरूका लागि कानुन निर्माणको चरणमा रहेको उनले बताए । आयोगलाई अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड बजेट सुनिश्चित भएको जानकारी दिँदै अपुग बजेट माग गर्दै जाने पनि बताए ।




प्रतिक्रिया