सरकार अलोकतान्त्रिक भयो : प्रचण्ड

सरकार अलोकतान्त्रिक भयो : प्रचण्ड

मधेशमा चाँडै नयाँ सरकार बन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार अलोकतान्त्रिक भएको आरोप लगाएका छन्।

पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेस प्रदेशस्तरीय अभिमुखीकरणका लागि महोत्तरी आएका प्रचण्डले बर्दिबासमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै संयोजक प्रचण्डले पत्रकारमाथि प्रहरी लगाएर धरपकड गर्नु गलत भएको टिप्पणी गरे ।
मधेस प्रदेश सरकार गठनबारे दलहरू बिच सघन संवाद भइरहेको पनि उनले बताए ।

मधेस प्रदेश सरकारको राजनीतिक समीकरणबारे बोल्दै प्रचण्डले भने, ‘नेकपा एमालेले समर्थन फिर्ता लिनुअघि आफूहरूसँग छलफल भएको थियो । नयाँ राजनीतिक समझदारीका आधारमा मधेसमा सरकार गठन गर्ने विषयमा छलफल भइरहेको र केही दिनभित्र नयाँ सरकार बन्ने छ ।’

उनले भने, ‘हामी लोकतान्त्रिक गणतन्त्रका पक्षधर राजनीतिक दल मधेस सरकारको स्थायित्वका लागि सघन छलफलमा छौँ, अब चाँडै यसबारे निष्कर्षमा पुग्नेछौँ।’

संयोजक दाहालले लोकतान्त्रिक गणतन्त्रका पक्षधरबीच सहकार्य, समन्वय र आपसी सम्बन्ध सुदृढ बनाउने उद्देश्यले आफ्नो दलले राष्ट्रिय जागरण अभियान सञ्चालन गरिहेको बताए।

‘यो अभियान मुख्यतः हाम्रो दलको आन्तरिक साङ्गठनिक काम व्यवस्थित गर्ने सवालमा केन्द्रित छ, । यसै अभियानको धरातलबाट हामी लोकतान्त्रिक गणतन्त्र पक्षधरबीचको सम्बन्ध प्रगाढ बनाउँदै अघि बढ्ने छौँ’, उनले भने ।