गृहमन्त्री अर्याल र जेनजी रुपन्देही समूहका युवाबीच भेटवार्ता

गृहमन्त्री अर्याल र जेनजी रुपन्देही समूहका युवाबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही – गृहमन्त्री ओमप्रकाश अर्यालले मंगलबार जेनजी रुपन्देही नेपाल समूहका केही युवासँग भेट गरी ज्ञापनपत्र ग्रहण गरेका छन् ।

भेटका क्रममा गृहमन्त्री अर्यालले कानूनी राज्यको सिद्धान्त सबैले पालना गर्नुपर्ने बताउँदै भदौ २३ र २४ गतेको घटनाबारे सुरक्षा निकायले निष्पक्ष छानबिन गरिरहेको जानकारी दिए ।

उनले सरकार दुवै घटनालाई फरक दृष्टिकोणबाट हेरेर सत्यतथ्य सार्वजनिक गर्ने उद्देश्यले अघि बढेको पनि स्पष्ट पारेका छन् ।

युवाहरूले भेटमा हाल पनि केही साथीहरू डरका कारण घरबाहिर निस्किन नसकिरहेको बताए । उनीहरूले सहज र सुरक्षित वातावरण बनाउन सरकारबाट आवश्यक पहल गर्न आग्रह गरेका छन् ।

जेनजी रुपन्देही नेपालको तर्फबाट सुरज पोखरेल, रवि श्रेष्ठ र राजु श्रेष्ठले गृहमन्त्री अर्याललाई ज्ञापनपत्र बुझाएका हुन् ।