काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) पुनर्गठन अभियान र नेकपा (संयुक्त) बीच एकता घोषणा भएको छ।
नेकपा (एकीकृत समाजवादी) पुनर्गठन अभियानका संयोजक घनश्याम भूसाल र नेकपा (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशीले बिहीबार एकता घोषणा गरे ।
उनीहरूले हस्ताक्षर गरेको पत्रमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी संयुक्त राख्ने उल्लेख छ। दुई पार्टीबिच महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने उल्लेख छ। चुनाव चिन्ह हँसिया रहने सहमति भएको छ।
सहमति पत्रमा मार्क्सवाद–लेनिनवाद तथा मानव जातीले प्राप्त गरेका स्वतन्त्रता र मुक्तिका मूल्यहरूको मार्गदर्शनमा कम्युनिष्ट आन्दोलनको अभ्यास र विकास गर्दै वैज्ञानिक समाजवादको ध्येयमा अगाडि बढ्ने, विश्व साम्राज्यवाद तथा वित्तीय पुँजीवादले सिर्जना गरेका सबै खालका असमानता, शोषण–दमन, विभेद, युद्ध, गरिबी आदिको विरुद्ध सबै राष्ट्रहरूको स्वतन्त्रता, स्वाधीनता, समानता, भ्रातृत्व, शान्ति तथा समाजवादको पक्षमा योगदान गर्ने उल्लेख छ।





प्रतिक्रिया