सरकारसँग वार्तामा बस्यो एमाले, यी नेताहरू बालुवाटारमा

सरकारसँग वार्तामा बस्यो एमाले, यी नेताहरू बालुवाटारमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संसद् विघटनपछि प्रतिनिधिसभा निर्वाचनको तयारीमा लागेको सरकारसँग नेकपा एमाले छलफलमा जुटेको छ ।

सरकार र एमालेबीचको द्विपक्षीय संवाद बिहीबार साँझ बालुवाटारमा भएको छ ।

संवादमा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल सहभागी भएका छन् ।

एमालेका तर्फबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र युवा नेता महेश बर्तौला संवादमा उपस्थित छन् ।

दुवै पक्षबीच चालु राजनीतिक स्थिति, आगामी निर्वाचन तथा सुरक्षा व्यवस्था सहितका विषयमा छलफल भइरहेको जनाइएको छ ।