काठमाण्डु – नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक २ दिन पछाडि सारेको छ ।
मंसिर १२ गते शुक्रबार बस्ने भनिएको बैठक अब मंसिर १४ गते आईतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा बस्नेछ ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनाअनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।





प्रतिक्रिया