काठमाण्डु– नेकपा एमालेका ७ जना पदाधिकारीहरूले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिने भएका छन् ।
शुक्रबार भएको अनौपचारिक छलफलबाट ७ जना नेताले ओलीकै नेतृत्वलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेका हुन् ।
उपाध्यक्षहरू रामबहादुर थापा र विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, सचिवहरू लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्मा अर्यालले आजबाट ओलीलाई साथ दिने भएका हुन् ।
उनीहरु नेकपा एमालेको ११ औँ महाधिवेशनमा ओली र ईश्वर पोखरेल दुवैतिर प्रष्ट खुलेका थिएनन् ।
यस्तै उनीहरुले मुलुकमा विद्यमान सङ्कटपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै सुदृढ पार्टी एकताको पक्षमा योगदान गर्न सम्बद्ध सबैसँग आग्रह गरेका छन् ।
साथै उनीहरूले पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रलाई सही ढङ्गले दिशा निर्देश गर्न सक्ने सक्षम केन्द्रीय कमिटी निर्माण गर्न योगदान गर्ने निष्कर्ष अधि सारेका छन् ।




प्रतिक्रिया