काठमाण्डु – ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ अभियान’का संयोजक दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै छन्।
प्रसाईंले शुक्रबारर गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटवार्ता गरेपछि पत्रकार सम्मेलन गर्न लागेका हुन् । गृहमन्त्री अर्यालसँग सिंहदरवारमा भएको भेटवार्ता मंसिर २२ गते फेरि छलफलमा बस्ने गरी टुङ्गिएको थियो ।
संयोजक प्रसाईंले गृहमन्त्री अर्यालसँगको वार्तामा भएका विषय र अन्य समसामयिक विषयमा पत्रकार सम्मेलनमार्फत जानकारी दिने जानकारी दिए । पत्रकार सम्मेलनमा समसामयिक विषय, गृहमन्त्रीसँग सम्पन्न वार्ताका निष्कर्षहरू र आगामी कदमबारे विस्तृत जानकारी दिने बताएका छन् ।
विभिन्न माग राख्दै आएका प्रसाईँ ५ दिन अगाडि प्रहरी हिरासतबाट मुक्त भएका थिए । गत सोमबार मध्यराति प्रसाईंलाई भक्तपुरस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको थियो।
सार्वजनिक शान्तिमा खलल पुर्याउने अभिव्यक्ति दिएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेका थियो । सर्वोच्च अदालतको आदेशपछि उनी रिहा भएका थिए ।




प्रतिक्रिया