काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आइतबार पार्टी एकता घोषणा हुँदैछ ।
दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुन लागेको हो ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण हुन लागेको हो ।
विवेकशीलले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरी निःसर्त एकतामा जाने निर्णय गरेको थियो ।
सभालाई रास्वपा र विवेकशील साझा पार्टीका उच्चपदस्थ नेताहरुले सम्बोधन गर्नेछन् । सोही कार्यक्रममा विवेकशील साझाले आफ्नो विपत् कोषमा रहेको ३३ लाख रुपैयाँ हस्तान्तरण गर्ने कार्यक्रमसमेत छ ।
२०६९ मा उज्ज्वल थापाको नेतृत्वमा विवेकशील अभियान सुरु भएको थियो । २०७० मा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा गएको थियो । रास्वपा भने २०७९ असार ७ गते स्थापना भएको हो ।
हाल विवेकशील पार्टीको अध्यक्ष समीक्षा बास्कोटा र महासचिव रञ्जु दर्शना छन् ।




प्रतिक्रिया