काठमाण्डु आइतबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ ।
शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा १६ सय रुपैयाँले बढेको हो ।
शुक्रबार दुई लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो भाउ हालसम्मकै उच्च हो ।
यस्तै आज चाँदीको भाउ तोलामा ४५ रुपैयाँले बढेर ३४९० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।




प्रतिक्रिया