काठमाण्डु- देशैभर जाडो बढ्दै गइरहेको छ । जाडो मौसममा रुघाखोकी तथा चिसोको समस्या देखिने सम्भावना ज्यादा हुन्छ । यस्तो बेलामा सन्तुलित आहार, व्यायाम, पर्याप्त निद्रा तथा तनाव कम भएन भने रोगप्रतिरोधी क्षमता कम घट्दछ र चिसो मौसममा हुने संक्रमणको जोखिम बढि हुन्छ ।
यो समयमा विशेष गरेर वृद्धवृद्धा तथा बालबलिकाहरुलाई विशेष खानपानमा ध्यान पुर्याउनुपर्छ ।
जाडो महिनामा लाग्ने रोगबाट बच्नका लागि अदुवा, लसुन, च्याउ, चिया, दही, माछा र गाजरजस्ता खानेकुरा सेवन गर्दा शरीरलाई तातो राख्नुका साथै शरीरलाई अन्य रोगहरुबाट लड्न सहायता मिल्ने गर्दछ ।
जाडोयाममा भिटामिन सी,प्रोटिन युक्त खानेकुराहरु सेवन गनुपर्छ । भिटामिन सी एन्टिअक्सिडेन्टयुक्त खाना हो, जसल शरीरमा प्रतिरक्षा प्रणाली बलियो बनाउन मद्दत गरिरहेको हुन्छ भने चिसोका कारण दैनिक गतिविधिहरूमा कम सक्रिय भइने हुँदा शरीरमा क्यालोरी सजिलै खपत हुँदैन क्यालोरी खपत गर्नका लागि प्रोटिन अति आवश्यक हुन्छ ।
जाडो महिनामा कस्ता खानेकुरा खाने त ?
कोदो– चिसो मौसममा कोदोले पनि हाम्रो स्वास्थ्यलाई ठूलो फाइदा पुर्याउँछ । यसले शरीरको क्याल्सियको मात्रा पुरा गर्न सहयोग पुर्याउछ । यसबाहेक कोदोले मधुमेहलाई नियन्त्रण गर्नुका साथै रक्तअल्पत्तामा पनि राहत प्रदान गर्छ । यसले निद्रा नलाग्ने, तनाव र डिप्रेसनमा पनि निकै महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
बदाम–ओखर– बदाम र ओखरको सेवनले हाम्रो खाना स्नायू प्रणाली सक्रिय रहन्छ । यसले इन्सुलिन प्रक्रियालाई उत्कृष्ट बनाउने काम गर्छ र मुटुको स्वास्थ्यमा पनि सुधार ल्याउँछ । ओखरमा भएको ओमेगा–थ्री फ्याटी एसिड हाम्रो शरीरका लागि असाध्यै फाइदाजनक छ । यसका लागि तपाईं खुर्पानीको पनि सेवन गर्न सक्नुहुन्छ ।
ग्रिन टी– ग्रिन टी लाई शक्तिशाली एन्टीअक्सिडेन्ट भनिन्छ । यसमा ब्याक्टेरिया तथा भाइरस प्रतिरोधी तत्व पाइन्छ । दिनमा ३ कम ग्रिन टी पिउनाले रोग प्रतिरोधी क्षमता बढाउँछ र जाडो याममा हुने विभिन्न संक्रमणको जोखिम पनि घटाउँछ ।
शख्खरखण्ड– चिसो मौसममा पाइने कुनै उपहारभन्दा कम छैन । यसमा पाइने क्यालोरी र उच्च पौष्टिक तत्वले शरीरलाई असाध्यै ऊर्जावान् राख्छ । शख्खरखण्ड फाइबर, भिटामिन ए र पोटासियमको राम्रो स्रोत मानिन्छ । यसको नियमित सेवनले कब्जियत, प्रतिरोधी र इन्फ्लेमेशनसँग सम्बन्धित समस्यालाई टाढा राख्छ ।
शलगम– स्टार्चले भरपुर शलगममा एउटा यस्तो एन्टिअक्सिडेन्ट पाइन्छ जसले क्यान्सर जस्तो रोगको जोखिम कम गर्छ । यो भिटामिन के र भिटामिन एको निकै राम्रो स्रोत हो । विज्ञका अनुसार शलगमको पात हाम्रो कार्डियोभास्कुलर स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । यसले हड्डीलाई बलियो बनाउँछ र पाचन प्रक्रियालाई पनि दुरुस्त राख्छ ।
खजुर– चिसो मौसममा पाइने खजुर एउटा लो फ्याट फूड हो जसले तौल बढ्ने समस्या पैदा हुन दिँदैन । पौष्टिक तत्वको पावर हाउस खजुर जिम धाउनेहरुका लागि उत्कृष्ट खानेकुरा हो । यसलाई आफ्नो दैनिक खान्कीमा समावेश गर्दा यसले चिसो मौसममा शरीरलाई तातो बनाउँछ ।
गेडागुडी तथा माछा मासु– जाडोमा टुसा पलाएको गेडागुडी तथा माछामासुको सेवन गरेमा चिसो लाग्दैन । साथै छाला रुखो हुनबाट समेत बचाउछ । यिनीहरुले शरीरलाई चाहिने शक्तीको मात्रा प्रदान गर्नुका साथै तापक्रम बढाई चिसोवाट बचाउछ ।
आलस र तिल– शरीरलाई तातो बनाइराख्न आलस र तिलको सेवन प्रभावकारी मानिन्छ । आलसलाई भुटेर पाउडर बनाई बिहानबेलुका खाने तथा तिललाई दैनिक भोजनमा सामेल गरेमा चिसोबाट बच्न सकिन्छ ।
तात्तातो सुप– चिसो लाग्नबाट जोगिन र शरीरलाई न्यानो बनाउने खान्कीमध्ये एक हो सुप। मिक्स भेजिटेवल सुप, ननभेज सुप, स्विट कर्न सुप, गेडागुडी सुप, पम्किन सुप लगायतका सुप बनाएर खान सके चिसो लाग्नबाट बच्न सकिन्छ र शरिरलाई छिट्टो न्यानो बनाउन सकिन्छ ।
पर्याप्त तरल पदार्थ– जाडोमा पसिना कम आएपनि पर्याप्त मात्रामा पानी एवं तरल पदार्थको सेवन गर्नुपर्छ ।




प्रतिक्रिया