काठमाण्डु– बझाङको साइपाल आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आइतबार दिउँसो १२ बजेर ९ मिनेट जाँदा बझाङको साइपाल हिमालमा केन्द्रबिन्दु बनाएर ४.४ रेक्टरस्केलको भूकम्प गएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भूकम्पले बाजुरामा पनि धक्का दिएको छ।
पश्चिमी क्षेत्रमा भूकम्प आउन थालेपछि स्थानीय त्रसित बनेका छन्। भूकम्पीय जोखिममा रहेको सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङसहित आसपासका स्थानीय त्रसित भएका छन्।
भूकम्पको धक्का महसुस गरिएपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाजुराले सबैमा आग्रह गरेको छ।




प्रतिक्रिया