काठमाण्डु – न्युजिल्यान्डका अलराउन्डर जिम्मी निशम नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका चार खेल खेलेर स्वदेश फर्किएका छन् । निशमले पोखरा एभेन्जर्सबाट प्रतियोगिताको दोस्रो संस्करण खेलेका थिए ।
शनिबार लुम्बिनी लायन्सविरुद्ध अन्तिम खेलपश्चात् उनी आइतबार स्वदेश फर्किएका हुन् ।
उनले उक्त खेलपश्चात् नेपाली समर्थकलाई धन्यवाद व्यक्त गर्दै अर्को वर्ष फेरि नेपाल आउने बताएका छन् । ‘छोटो भए पनि मिठो । धन्यवाद नेपाल । अर्को वर्ष फेरि भेटौँला,’ निशमले सामाजिक सञ्जालमा लेखेका छन् ।
एनपीएलमा निशमले ९९ रन बनाएका छ त्यसमा एक अर्धशतक पनि छ । पोखराले निशमलाई यो सिजन चौथो विदेशी खेलाडीका रूपमा भित्र्याएको थियो । प्रतियोगिताअन्तर्गत निशमले लुम्बिनीविरुद्ध ५१, सुदूरपश्चिम रोयल्सविरुद्ध ४७ र जनकपुर बोल्ट्सविरुद्ध एक रन बनाएका थिए । उनले विराटनगर किंग्सविरुद्ध रन बनाउन सकेका थिएनन् ।




प्रतिक्रिया