कुलमान-बालेन भेटले राजनीतिमा हलचल !

कुलमान-बालेन भेटले राजनीतिमा हलचल !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उज्यालो पार्टी नेपालका संरक्षकसमेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ र काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच भएको पछिल्लो भेटघाटले राजनीति तरंगित भएको छ ।

घिसिङ र बालेनबीच आइतबार राति भेटवार्ता भएको हो। भेटघाटबारे मन्त्री घिसिङले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर सार्वजनिक गरेका छन् । उनले लेखेका छन्, ‘देश बनाउने अभियानमा हामीसँगै छौँ।’

घिसिङ भर्खरै उज्यालो नेपाल पार्टी गठन गरेर प्रत्यक्ष राजनीतिमा होमिएका हुन् ।

मेयर बालेनकै निवासमा भएको भेटघाटलाई अधिकाशंले भविष्यको राजनीतिक सहकार्यको संकेतका रूपमा लिएका छन्।

भेटपघि घिसिङले लेखेको स्टाटसले पनि दुई जनाबीच निर्वाचन केन्द्रित राजनीतिक सहकार्य हुन लागेको हो कि विश्लेषण गर्न थालिएको छ। यी दुई जनाको पछिल्लो भेटले वैकल्पिक शक्तिको नयाँ अध्यायका रूपमा समेत हेर्न थालिएको छ।

बालेनको सचिवालयका अनुसार दुई नेताबीच देशको समसामयिक राजनीति र विकास निर्माणका साझा एजेन्डामा छलफल भएको हो ।

स्वतन्त्र हैसियतमा राजनीति सुरु गरेका बालेन र भर्खरै दल खोलेर सक्रिय भएका घिसिङको यो सहकार्य चुनावी मोर्चाबन्दी रहेको अनुमान गरिएको छ ।