मेयर बालेनलाई पितृशोक

मेयर बालेनलाई पितृशोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई पितृ शोक परेको छ ।

बालेनका बुवा रामनारायण शाहको सोमबार मध्यान्ह उपचारको क्रममा निधन भएको हो ।

आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका रामनारायणको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

स्रोतका अनुसार रामनारायणलाई पिसाबसम्बन्धी संक्रमण देखा परेको थियो भने संक्रमण शरीरमा फैलिएको थियो। साथै मस्तिष्कमा पनि असर देखिएको थियो।

रामनारायणका श्रीमती, दुई छोरा र एक छोरी छन्। उनी आयुर्वेद डाक्टर थिए।