एनपीएलमा जनकपुरको पहिलो जीत

एनपीएलमा जनकपुरको पहिलो जीत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले आफ्नो पहिलो जीत निकाल्न सफल भएको छ ।

मंगलबार टीयू क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेट र १५ बलले पराजित गरेको हो ।

चितवन राइनोजले जनकपुरलाई निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउँदै १७७ रनको लक्ष्य दिएको थियो भने जनकपुरले १७.३ ओभरको खेलमा ४ विकेट गुमाउँदै १८० रन बनाएको छ ।

जनकपुरविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए ।