करीब १३ लाख ७० हजार बराबरको काजु बरामद

करीब १३ लाख ७० हजार बराबरको काजु बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा – सशस्त्र प्रहरी बल नेपालले धनुषाको नगराइन नगरपालिका–२ जटहीस्थित खेतबारीबाट करीब १३ लाख ७० हजार रुपैयाँ बराबरको काजु बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा सञ्चालन गरिएको तलासीका क्रममा भन्सार छली गरी भारतबाट ल्याइएका १ हजार ३७० किलोग्राम काजु फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

काजु लुकाएर राखिएको भन्ने खबर पाएपछि नम्बर ८ गण धनुषाबाट खटिएको टोलीले काजु बरामद गरेको छ ।

बरामद गरिएको काजु जनकपुर भन्सार कार्यालयमा बुझाइएपछि आवश्यक प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।