काठमाण्डु– नेपाली बजारमा सुनको भाउ बढेकाे छ । बुधबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको हो ।
हिजो २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज २ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
यस्तै आज चाँदीको भाउले नयाँ किर्तिमान राखेको छ । आज चाँदीको भाउ ११० रुपैयाँले बढेर ३६५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




प्रतिक्रिया