जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।
प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत गरेका हुन् ।
प्रदेश प्रमुख कर्णले संविधानको धारा १६९ को उपधारा ३ अनुसार अर्को व्यवस्था नभएसम्म मौजुदा मन्त्रिपरिषद्लाई प्रदेश मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न तोकेका छन् ।
यादवले बुधबार दिउँसो पदबाट राजीनामा दिएका थिए ।





प्रतिक्रिया