मोरङ – स्रोत नखुलेको नगदसहित प्रहरीले मोरङबाट १ जनालाई पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–१७ मटेरूवा चोकबाट स्रोत नखुलेको नगद ६ लाख ४९ हजार ५०० रूपैयाँसहित विराटनगर महानगरपालिका–१८ बस्ने ३९ वर्षीय रविप्रकाश साहलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को२४प ७९८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको छ ।
बरामद नगद सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया