काठमाण्डु – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन बिहीबारदेखि भारतको आपचारिक भ्रमण गर्दैछन् ।
दुई दिने भारत भ्रमणमा पुटिन भारत–रूसको २३ औँ वार्षिक शिखर बैठकमा सहभागी हुनेछन् ।
भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोमा हुन लागेको भ्रमणका क्रममा भारत र रूसबीच द्विपक्षीय सम्बन्धहरूको समीक्षा गरिनुका साथै रणनीतिक साझेदारीलाई अझ सबल बनाउने विषयमा छलफल हुनेछ ।
यस्तै दुवै नेताहरूबीच वैश्विक मुद्दामा समेत छलफल हुने जनाइएको छ।
राष्ट्रपति पुटिनको अन्तिम भारत भ्रमण डिसेम्बर २०२१ मा भएको थियो। फेब्रुअरी २०२२ मा युक्रेनसँग युद्ध सुरू भएपटि पुटिन पहिलो पटक भारत जाँदैछन् ।
सेप्टेम्बर २०२३ मा नयाँ दिल्लीमा आयोजना गरिएको जी–२० शिखर सम्मेलनमा पनि पुटिन गएएका थिएनन्।
पुटिनको भ्रमणअघि अमेरिकाले भारतसँग रक्षा सहयोगलाई लिएर महत्त्वपूर्ण निर्णय गरेको छ। अमेरिकाले यसलाई दुई देशको रक्षा सम्बन्धको लागि ‘शुभ समाचार’ भनेको छ।
दक्षिण र मध्य एसियासँग सम्बन्धित अमेरिकी नीतिको निरीक्षण गर्ने दक्षिण र मध्य एसियाली मामिला ब्युरोले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा यसबारे जानकारी गराएको हो। ब्युरोका अनुसार भारतको रक्षा मन्त्रालयले लकहिड मार्टिनद्वारा विकसित २४ एमएच–६०आर समुद्री हेलिकप्टरहरूको लागि एक प्याकेजमा हस्ताक्षर गरेको छ।
विज्ञप्ति अनुसार ९४६ मिलियन (झन्डै ९५ करोड) अमेरिकी डलरको यो प्याकेजले भारतीय नौसेनाको समुद्री क्षमतालाई बलियो बनाउनेछ। अमेरिकासहित क्षेत्रीय साझेदारहरूसँग समन्वय बढाउनेछ।
अमेरिकाले यो कदमले दुवै देशलाई अझ सुरक्षित र समृद्ध बनाउन मद्दत गर्ने बताएको छ। २४ एमएच–६०आर समुद्री हेलिकप्टरहरू बनाउने कम्पनीले यसलाई विश्वको सबैभन्दा राम्रो समुद्री हेलिकप्टर भनेको छ।
विशेष गरी यी जहाजहरूबाट उडान भर्न र अवतरण गर्न डिजाइन गरिएको छ। राष्ट्रपति पुटिन बिहीबार ९आज० देखि दुई दिने भारत भ्रमणमा आउँदैछन्। उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग विभिन्न मुद्दाहरूमा छलफल गर्ने कार्यक्रम रहेको भारतीय अधिकारीहरूले जानकारी दिएका छन्।




प्रतिक्रिया