काठमाण्डु – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज भिड्दैछन्।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा पोखराले टस जितेर बलिङ रोजेको छ। पाँच खेलबाट चार अंक मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ।
यो खेलमा पोखराले कुनै खेलाडी परिवर्तन गरेको छैन । काठमान्डुले एक परिवर्तन गरेको छ । आई एल टी-२० खेल्न दुबई फर्किएका जेरार्ड एरासमसको स्थानमा सन्नी पटेल खेल्दै छन् ।
काठमाण्डुले ६ खेलबाट ८ अंक जोडेको छ। लिग चरणको अन्तिम खेलमा जित निकालेर काठमाण्डु प्लेअफमा सुरक्षित हुन चाहन्छ।
यस्तै खिउँसो ४ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्रतिस्पर्धा गर्नेछन्।




प्रतिक्रिया