एनपिएल : काठमाण्डुले पोखरालाई दियो जितका लागि १६६ रनको लक्ष्य

एनपिएल : काठमाण्डुले पोखरालाई दियो जितका लागि १६६ रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई जितका लागि १६६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाण्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६५ रन बनाएको हो।

सुरुमा सस्तै विकेट गुमाएको काठमाण्डुले मध्यक्रममा बेन चार्ल्सवर्थ र भीम सार्कीको उत्कृष्ट ब्याटिङले पोखरा एभेन्जर्सलाई जितका लागि १६६ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।

काठमाडौंको सुरुवात निकै खराब रह्यो। ओपनर आकाश त्रिपाठी पहिलो ओभरमै शून्यमा आउट भए। राशिद खान ७, जोन सिम्पसन २ र मोहम्मद आदिल आलम ७ रन मात्र बनाए ।

१३.३ ओभरमा काठमाण्डु ७९–५ को नाजुक अवस्थामा पुगेको थियो। तर, छैटौँ विकेटका लागि ओपनर बेन चार्ल्सवर्थ र भीम सार्कीले ७६ रनको सानदार साझेदारी गर्दै टोलीलाई सम्मानजनक अवस्थामा पुर्‍याए।

दबाबपूर्ण अवस्थामा क्रिजमा आएका सार्कीले विस्फोटक ब्याटिङ गरे। उनले मात्र १९ बलमा अर्धशतक पूरा गरे। भीमले २३ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५५ रन बनाए। उनी १९.४ ओभरमा धनञ्जय लक्षणको बलमा आउट भए।

यस्तै, एक छेउबाट इनिङ सम्हालेका बेन चार्ल्सवर्थले ५५ बलमा ५ चौका र २ छक्कासहित ६४ रनको योगदान दिए। उनी १८.५ ओभरमा विपिन खत्रीको बलमा आउट भए। कप्तान करन केसीले २ बलमा ४ रन बनाएर ।

पोखरा एभेन्जर्सका लागि धनञ्जय लक्षणले घातक बलिङ गरे। उनले ४ ओभरमा १ मेडनसहित मात्र १६ रन खर्चेर ४ महत्त्वपूर्ण विकेट लिए। यस्तै, कप्तान कुशल भुर्तेलले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए। विपिन खत्री र किरण ठगुन्नाले १–१ विकेट हात पारे।