प्रधानमन्त्रीले बोलाइन् सर्वपक्षीय बैठक

प्रधानमन्त्रीले बोलाइन् सर्वपक्षीय बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक बोलाएकी छन् । बैठक शुक्रबार ४ बजे बालुवाटारमा बस्ने छ ।

बैठकमा प्रमुख ५ राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुख सहभागी रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भोलिको छलफलमा कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र राप्रपालाई मात्रै बोलाइएको छ ।

बैठक माघ ११ गते राष्ट्रियसभा र फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा केन्द्रित रहेर छलफल हुनेछ ।