ललितपुर – ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाले जनतामाझ जनविश्वास कमाइरहेको बताएका छन् ।
विश्व स्वयंसेवक दिवस तथा २२औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस २०८२ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महर्जनले महानगरपालिकाको कामको मूल्यांकन स्वयं नगरपालिकाले नभई जनताले नै गरिरहेको बताएका हुन् ।
उनले भने, ‘देशभर रहेका ७५३ स्थानीय तहमध्ये २९३ नगरपालिका छन् । ती सबै नगरपालिकामध्ये ललितपुर महानगरपालिकालाई जनताले सकारात्मक ढंगले काम गर्ने पालिका भनेर चिनिन्छ ।’
स्वास्थ्य क्षेत्रमा गरिएका कार्यको प्रशंसा समेत महर्जनले जनताबाटै प्राप्त भएको बताए । ‘हामीसँग स्वास्थ्य क्षेत्रमा धेरै विज्ञता नभए पनि जनताले दिएको सुझावलाई गम्भीरतापूर्वक लिएर कार्यान्वयन गर्ने गरेकोले महानगरपालिका यस क्षेत्रमा पनि चिनिएको हो,’ उनले भने ।
कार्यक्रममा महर्जनले समुदायमा सक्रिय महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकाको प्रशंसा गर्दै उनीहरूकै मेहनतका कारण स्वास्थ्य सेवामा सहजता आएको बताए ।




प्रतिक्रिया