काठमाण्डु – हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा शनिबार बिहानैदेखि हटाउन थालिएको छ ।
सडक डिभिजन कार्यालय हेटौंडाले शनिबार बिहानैदेखि डोजर लगाएर संरचना भत्काउने र सडक विस्तारको काम शुरू गरेको हो ।
घर भत्काउ सुरक्षाकर्मीहरू बाक्लो रूपमा परिचालन गरिएको छ । सडक विस्तारमा ५ सय सुरक्षाकर्मी र १० भन्दा धेरै डोजर परिचालन भएको छ ।
सडक डिभिजनले मसिर ५ गते १५ दिने अल्टिमेटम जारी गरी २५ गजभित्रका संरचना हटाउन आदेश दिएसंगै सोको म्याद सकिए पछि बिहानैबाट घर संरचना भत्काउन थालिएको हो ।
सडक डिभिजनले महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमा २५र२५ गज विस्तारका लागि भन्दै सडक सीमाभित्रका अतिक्रमित घरटहरा र संरचना हटाउन १५ दिने सूचना निकालेको थियो ।

















प्रतिक्रिया