बालुवाटार पुगेर जेनजीले नै मागे प्रधानमन्त्री कार्कीको राजीनामा, गेटमा पर्चा टाँस

बालुवाटार पुगेर जेनजीले नै मागे प्रधानमन्त्री कार्कीको राजीनामा, गेटमा पर्चा टाँस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जेनजी आन्दोलनको बलमा नियुक्त प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै जेनजीले बालुवाटारको प्रधानमन्त्रीनिवास बाहिर पर्चा टाँसेका छन् ।

जेनजी अभियन्ता मिराज ढुंगाना नेतृत्वको ‘गरिखान देऊ’ अभियानले प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँस्दै प्रधानमन्त्री कार्कीको राजीनामा मागेको छ ।

जेनजी आन्दोलनका मागप्रति बेवास्ता गरेको र केवल चुनावमै मात्र जोड दिएको आरोप लगाउँदै राजीनामा मागिएको छ । अभियानले अन्तरिम सरकार प्रमुखसँग दमनका घटनाको छानबिन गर्न तथा आन्दोलनका मागहरूलाई सम्बोधन गर्न आग्रह गर्दै राजीनामा समेत माग गरिएको अभियानका सदस्य प्रकाश शर्माले जानकारी दिए ।

मिराज समूहले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार र बालुवाटार दुवै स्थानमा पटक–पटक प्रदर्शन गर्दै आएका छन् ।