मधेसका मुख्यमन्त्री यादवले लिए शपथ, मंसिर २४ गते विश्वासको मत लिने

मधेसका मुख्यमन्त्री यादवले लिए शपथ, मंसिर २४ गते विश्वासको मत लिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले शपथ ग्रहण गरेका छन् । केहीबेर अघि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबाट मुख्यमन्त्री यादवले शपथ लिएका हुन् ।

उनले मैथिली भाषामा शपथ ग्रहण गरे ।

शपथ ग्रहण कार्यक्रममा पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधि, मधेस प्रदेशका पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, विभिन्न मन्त्रालयका सचिव, गठबन्धनका नेता कार्यकर्ताकोे उपस्थिति रहेको छ ।

उनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारीमा छन् । यस्तै मुख्यमन्त्री यादवले मंसिर २४ गते विश्वासको मत लिने भएका छन् ।

आज बसेको सत्तापक्षीय सातदलीय गठबन्धनको बैठकले आगामी मंसिर २४ गते विश्वासको मत लिने निर्णय गरेको हो ।