रास्वपामा प्रतिनिधिसभाको उम्मेदवारका लागि आवेदन खुला, २५ हजार शुल्क लाग्ने

रास्वपामा प्रतिनिधिसभाको उम्मेदवारका लागि आवेदन खुला, २५ हजार शुल्क लाग्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छनोट गर्न उम्मेदवारी आह्वान गरेको छ।

आइतबार विज्ञप्ति जारी गर्दै रास्वपाले प्रत्यक्षतर्फका लागि पार्टीको आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन योग्य पार्टी सदस्यहरूलाई उम्मेदवारी दिन आह्वान गरेको हो।

इच्छुक उम्मेदवारका लागि रास्वपाले आवेदन शुल्क २५ हजार रुपैयाँ तोकेको छ। उम्मेदवार छनोट रूपरेखाबमोजिम मङ्सिर २१ गतेदेखि उम्मेदवारी आवेदन खुला गरिएको छ।

योग्यता पुगेका इच्छुक पार्टी सदस्यहरूले आर्थिक अभावका कारण आवेदन शुल्क तिर्न नसक्ने अवस्था भएमा आफ्नो आवेदनसाथ तोकिएका कागजातहरू अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालय वा इमेलमार्फत उम्मेदवार छनोट समितिमा पेस गर्नुपर्नेछ।

उम्मेदवारी आवेदन रास्वपाको आधिकारिक मोबाइल एपमार्फत दिन सकिनेछ।