हेटौंडा बजारको सडक विस्तार कार्य तत्कालका लागि स्थगित

हेटौंडा बजारको सडक विस्तार कार्य तत्कालका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– हेटौंडा बजारको सडक विस्तार कार्य तत्कालका लागि स्थगित गरिएको छ ।

सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको भन्दैसडक डिभिजन कार्यालय हेटौंडाले सडक विस्तार कार्य तत्कालका लागि स्थगित गरेको हो ।

आइतबार पत्रकार सम्मेलन गर्दै सडक डिभिजन कार्यालयले विस्तारको कार्य स्थगन गरिएको जानकारी दियो ।

सडक डिभिजनले शनिबार एकैदिन करिब ५०० वटा घर भत्काएको थियो ।

सडक डिभिजनले गत ५ मंसिरमा महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमा २५/२५ गज (७५/७५ फिट) विस्तारका लागि भन्दै सडक सीमाभित्रका घरटहरा, संरचना हटाउन १५ दिने अल्टिमेटम दिँदै सूचना निकालेको थियो ।

संरचना हटाउन अटेरी गरेपछि सडक डिभिजन आफैले संरचना हटाउन सुरु गरेको थियो ।