एनआरएनए एकतापछिको पहिलो बैठक : सदस्यता खुला गर्नेदेखि निर्वाचन समिति गठनसम्म

एनआरएनए एकतापछिको पहिलो बैठक : सदस्यता खुला गर्नेदेखि निर्वाचन समिति गठनसम्म

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गैरआवासीय नेपाली संघ (एनआरएनए) एकतापछि स्टेरिङ कमिटीको पहिलो बैठक बसेको छ ।

आईतबार भर्चुअल रूपमा बसेको बैठकमा संघका अध्यक्षद्वय महेशकुमार श्रेष्ठ र डा. बद्री केसीले अध्यक्षता ग्रहण गरेका थिए भने महासचिवद्वय बाबुराम (बीआर) लामा र गौरीराज जोशीले संयुक्त रूपमा सञ्चालन गरेका थिए ।

प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एकता भएपछि बसेको पहिलो बैठकले १२ एनआरएनएको १२औं महाधिवेशनका लागि निर्वाचन समिति गठन पनि गरेको छ । उच्च अदालतका न्यायाधीश तेजबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तोकिएको छ । निर्वाचन समितिमा उनीसहित ७ जना रहने छन् ।

बैठकले अमेरिकाका भरत अर्याल, बेलायतका सुरेन्द्र श्रेष्ठ र चिरञ्जीवी ढकाल, अष्ट्रेलियाका होमनाथ पाण्डे, मध्यपूर्वका नरेन्द्र भाट र टिबी कार्कीलाई निर्वाचन आयुक्त तोकिएको छ । 

आगामी महाधिवेशनलाई लक्षित गरेर डिसेम्बर ९ देखि १ महिनाका लागि सदस्यता खुला गर्ने निर्णय पनि आईतबारको बैठकले गरेको छ ।

त्यसका लागि कार्यविधि बनाएर स्टेरिङ कमिटीमा २ दिनभित्र पेश गर्ने जिम्मा महासचिवद्वय लामा र जोशीलाई दिइएको छ । १–२ वा सोभन्दा बढी एनसीसी भएका देशहरूमा सदस्यता प्रमाणीकरण गर्ने जिम्मा सम्बन्धित एनसीसीका अध्यक्ष र महासचिवलाई नै जिम्मेवारी दिने निर्णय पनि भएको छ ।

११ सदस्यीय स्टेरिङ कमिटीमा महेश कुमार श्रेष्ठ, डा. बद्री केसी, विनोद कुँवर, आरके शर्मा, विनोद श्रेष्ठ, बीआर लामा, गौरीराज जोशी, रतन झा, गंगाधर गौतम, भवानी ओली र इन्द्रा बन रहेका छन् ।