काठमााण्डु– नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ।
पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेल सहितको टिम प्रतिनिधिहरुको विवरण अध्यावधिक गर्ने कार्यमा निरन्तर जुटिरहेका छन्।
अधिकारीले महाधिवेशनमा दुई हजार ६ सय १३ जना सहभागी हुने जानकारी दिए। त्यसमध्ये २ हजार १ सय ५४ जना प्रतिनिधि निर्वाचित भएर आउने छन्।
एकसय ८ जना प्रतिनिधि केन्द्रबाट मनोनित हुनेछन्। मनोनितसहित प्रतिनिधिको संख्या २ हजार २ सय ६२ जना हुने अधिकारीले बताए।
तत्कालीन नेकपा ९एस०को ‘घरफर्क अभियान’बाट आउने मध्येबाट समेत तीन जनाले प्रतिनिधि हुन पाउँ भनी निवेदन दिएका छन् । उनीहरुको विषयमा पार्टी सचिवालयले निर्णय गर्ने विभागले जनाएको छ ।
एमालेको महाधिवेशन बन्द शत्र हलमा प्रतिनिधि बाहेक थप ३ सय ५१ जना सदस्य सहभागीका रुपमा प्रवेश गर्दैछन् । उनीहरु सल्लाहकार परिषद्का सदस्यहरु हुन् । सल्लाहकार परिषदमा ३ सय ७६ जना सदस्य रहेकोमा २५ जना प्रतिनिधि निर्वाचित भएर आएका छन् ।
प्रतिनिधि हुन नसकेकालाई महाधिवेशनमा सहभागीका रुपमा प्रवेश गर्ने व्यवस्था मिलाइएको हो । प्रतिनिधि र सहभागी गरी महाधिवेशनमा २ हजार ६ सय १३ जना सहभागी हुनेछन् ।




प्रतिक्रिया