एमाले सचिवालय बैठक बस्दै, पदाधिकारी र केन्द्रीय कमिटी संख्या बढाउने विषयमा छलफल हुने

एमाले सचिवालय बैठक बस्दै, पदाधिकारी र केन्द्रीय कमिटी संख्या बढाउने विषयमा छलफल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ११ औं महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा (एमाले)को सचिवालय बैठक शुक्रबार बस्दै छ। बैठक दिउँसो १ बजे पार्टी मुख्इालय च्यासलमा बस्ने तय भएको छ।

पार्टीको ११औं राष्ट्रिय महाधिवेशन अघि सचिवालय बस्न लागेको हो। बैठकमा पदाधिकारी संख्या १५ बाट बढाउने र २५१ सदस्यीय केन्द्रीय कमिटी संख्या बढाउने लगायतका विषयमा छलफल हुनेछ ।

यस्तै मनोनीत प्रतिनिधि टुंग्याउने तथा केन्द्रीय कमिटी बैठकमा लैजाने एजेन्डामा पनि छलफल हुने छ।

एमालेका संगठन विभाग एवम् प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुंगेलले एमालेको ११ औं महाधिवेशनमा सहभागी हुन पाउने प्रतिनिधि संख्या २ हजार २६२ हुने जानकारी दिए। उनका अनुसार एमाले केन्द्रीय सचिवालयको जारी गरेको अपानी १३ को आधारमा तय गरिएको संख्या र मापदण्ड बमोजिम मनोनयन बाहेक २१५४ जना महाधिवेशन प्रतिनिधि चयन गरिएको बताए।

वैधानिक व्यवस्था बमोजिम ५ प्रतिशत मनोनयन गर्न पाउने संख्या १०८ कायम गरिएको छ। योसँगै ३०९ जना केन्द्रीय सल्लाहकारहरू समेत गरी कुल सहभागी संख्या २५७१ हुनेछ।