नेपाली सेनामा विभिन्न पदमा भर्ना खुल्यो (सूचनासहित)

नेपाली सेनामा विभिन्न पदमा भर्ना खुल्यो (सूचनासहित)

फाइल तस्विर ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाले विभिन्न पदमा भर्ना खोलेको छ ।

रिक्त रहेका प्राविधिक, हवाई र विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरू खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न सेनाले दरखास्त आह्वान गरेको छ।

योग्यता पुगेका नेपाली नागरिकहरूले अनलाइन बाट पनि दरखास्त फाराम भर्न सक्नेछन् ।

अनलाइन फाराम भरिसकेपछि सोको प्रिन्ट प्रतिसहित स्वयं उपस्थित भई नेपाली सेना केन्द्रीय भर्ना छनौट केन्द्र, सानो भऱ्याङ, स्वयम्भूमा १० रुपैयाँको टिकट टाँसी दरखास्त पेस गर्नुपर्नेछ।

दरखास्त बुझाउने समयावधि २०८२ मङ्सिर २६ गतेदेखि पुस २६ गतेसम्म तोकिएको छ। दोब्बर दस्तुर बुझाएर २०८२ पुस २७ गतेदेखि माघ ३ गतेसम्म थप ७ दिन कार्यालय समयभित्र दरखास्त पेस गर्न सकिनेछ।

यदि एकल वा दोब्बर दस्तुर बुझाउने अन्तिम मितिको दिन सार्वजनिक बिदा परेमा सो भन्दा पछाडिको कार्यालय खुल्ने दिनमा कार्यालय समयभित्र राजस्व बुझाई दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।