काठमाण्डु – नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको समय सरेको छ ।
भृकुटीमण्डपमा बिहान ८ बजेका लागि तय भएको बन्दसत्र दिउँसो १ बजेका लागि सरेको छ । लागि केन्द्रीय कमिटी बैठक राखिएकाले बन्दसत्र सरेको हो।
नयाँ नेतृत्व चयनका लागि बन्दसत्रमा नेता कार्यकर्ता भृकुटीमण्डपमा भेला हुन थालेका छन् । बन्दसत्र सुरु हुने भएपछि नेता कार्यकर्ता र महाधिवेशन प्रतिनिधिको चहलपहल बढेको हो ।
महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा दाबी गरेका छन् । संस्थापन पक्षबाट अध्यक्ष केपी शर्मा ओली निर्वाचनमा जाने तयारी गरेका छन् । यद्यपी औपचारिक घोषणा भने हुन सकेको छैन ।
महाधिवेशनमा २ हजार २ सय ६२ जना प्रतिनिधि छन् । महाधिवेशनले अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ७ सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।
महाधिवेशनमा सहमति नभए मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेको तयारी गरेको छ ।
एमालेले पदाधिकारीलाई नै स्थायी कमिटीको संरचना बनाएको छ ।











प्रतिक्रिया